पुनर्वास नगरपालिका १ का ३९ वर्षीय व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। छोरीलाई बलात्कार गरेको आफैँले बनाएको भिडियो सार्वजनिक भएपछि बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
मंगलबार राति आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो बनाएको र कान्छी छोरीले सो भिडियो देखेपछि आमालाई खबर गरेकी थिइन्। त्यसपछि घरमा झगडा हुन थालेपछि वास्तविकता छिमेकीले थाहा पाएका हुन्। बलात्कारको आरोपित बाबु र बलात्कृत छोरीको सेती अञ्चल अस्पताल धनगढीमा बिहीबार मेडिकल चेकजाँच गरिएको छ।
बलात्कारका आरोपितमाथि अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।













































































































































































































