४ श्रावण २०८३, सोमबार

 

बौद्धमा हतियार प्रहार गरी लुटियो दुई लाख

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा जापानी नागरिक लुटिएका छन् । तीनचुलीमा डेरा गरी बस्दै आएका ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको शुक्रबार दुई लाख रुपैयाँ लुटपाट भएको हो ।

अपरिचित समूहले उनको डेराभित्र पसी धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । प्रहरीले फरार लुटेराहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung