२६ भाद्र २०८३, शुक्रबार

 

आफ्नै सवारी साधनमा नेपाल आउन थाले चिनिया पर्यटक

सरकारले सन् २०२० लाइ पर्यटन वर्ष मनाइरहँदा नेपालमा चिनियाँ पर्यटक भित्राउन चिनीयाँ नागरिकलाई भारतीय नागरिक सरह शसुल्क उनीहरु आफ्नै सवारी साधनमा नेपाल प्रवेश गर्न पाउने भएका छन् । त्यसको शुरुवात भएको लुम्बिनीका स्थानीय पत्रकारले ७ वटा चिनियाँ नम्बर प्लेटका सवारी साधन राजधानी काठमाण्डौ हुदै भैरहवा आएको जानकारी गराएका छन् ।

उनले चिनियाँ पर्यटन आफ्नै सवारी साधनमा नेपाल आउनुलाई सुखद समाचार भनी ब्याख्या गरेका छन् । उनले भने ‘पर्यटन क्षेत्र का लागी राम्रो समाचार हो ।’ चिनिया पर्यटक भारतीय जस्तै निजी गाड़ी मा नेपाल भ्रमण मा आउन थालेपछि अवश्य पनि पर्यटन व्यवसाय फस्टाउने उनको विश्वास छ ।

चीनको हान्जाउँ सहरबाट चिनियाँ व्यवसायीको टोली रसुवा नाका हुँदै काठमाण्डौ, चितवन, लुम्बिनी हुँदै सुविधा सम्पन्न ७ वटा गाडीमा पोखरा आइपुगेका छन् । पोखराको भ्रमण गरेर उनीहरु तनहुँको बन्दीपुर हुँदै रसुवा नाकाबाट चीन फर्कने योजना रहेको भ्रमणमा सहभागी चिनियाँ नागरिक स्याउसीले जानकारी गराएका छन् । भैरहवा हुदै लुमबिनी जादै गरेको तस्वीर समेत पन्तले उपलब्ध गराएका छन् । सरकारले पर्यटन वर्ष मनाउन विदेश स्थित कुटनितीक नियोग मार्फत कार्यक्रम गरेर प्रचार प्रसार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung