नेप्सेमा मंगलबार ३ वटा विकास बैंकको २५ लाख ६ हजार ४०.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै देव विकास बैंकको १३ लाख ९३ हजार ५२४.१९ कित्ता बोनस सेयर परेको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५.५५ प्रतिशत बोनस वितरण गरेको थियो ।
त्यसै गरी मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार र पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
मितेरीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७ प्रतिशत र पूर्णिमाले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।













































































































































































































