४ श्रावण २०८३, सोमबार

 

गोली लागेर एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा शनिबार राति गोली लागेर एक व्यक्तिको ज्यान गएको छ ।

स्थानीय जंगे भुलले हानेको गोलीले तपेश लोहारको मृत्यु भएको हो । भरुवा बन्दुकबाट हानिएको गोली लागेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । प्रहरीले भुललाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

उनले जंगली जनावर धपाउन हानेको गोली भूलवश लोहारलाई लागेको बयान दिएका छन् । जिल्लाबाट थप टोली घटनास्थल पठाइएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung