राजधानीको बालुवाटारस्थित सुबिसु इन्टरनेटको कार्यालयमा बुधबार आगलागी भएको छ । मध्याह्न पौने १ बजे एक्कासि आगो लागेको देखिएको प्रत्यक्षदर्शीले बताए ।
आगलागीको कारण खुल्न सकेको छैन । सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीको भनाइ छ ।
प्रहरी, सेना र स्थानीय मिलेर आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । उपत्यकाका दमकल परिचालन गरिएका छन् ।
आगोमा भएको क्षति र उक्त घरमा मानिस थिए/थिएनन् भन्ने जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।













































































































































































































