३ श्रावण २०८३, आईतवार

 

गुणस्तर विभागको कारवाहीमा चार सिमेन्ट उद्योग, बिक्री वितरणमा रोकदेखि इजाजतपत्र रद्दसम्म

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरमा सम्झौंता गर्ने चार वटा सिमेन्ट उद्योगलाई कारवाही गरेको छ। कारवाहीमा पर्नेमा नेपाल अल्ट्राटेक सिमेन्ट मोरङ, चितवन सिमेन्ट परासी, नेपाल अम्बुझा सिमेन्ट भैरहवा र जानकी सिमेन्ट सुनसरी छन्।

विभागले नेपाल अल्ट्राटेक ओपिसी सिमेन्टले आइआर मापदण्ड अनुरुप नभएको भन्दै बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरण माग गरेको छ। त्यस्तै चितवन पिपिसी सिमेन्टको आइआरको मान र कम्प्रेसिभ गुणस्तर मापदण्डअनुसार नभएको भन्दै इजाजतपत्रनै रद्द गरिदिएको छ। विभागले नेपाल अम्बुझा सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओको मान ७.३ प्रतिशत मापदण्ड अनुरुप नभएकोले इजाजतपत्र स्थगन गरेको छ।

त्यसै गरी जानकी सिमेन्टको आइआर र लाइमस्टोन स्याचुरेशन फ्याक्टर गुणस्तर अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरण मागिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung