४ श्रावण २०८३, सोमबार

 

काठमाडौंको स्वयम्भूमा गोली चल्यो, दुई जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ‘लोप्साङ’ भनिने मिलन तामाङलाई प्रकाउ गर्ने क्रममा गोली प्रहार गरेको एसएसपी सहकुल थापाले बताए।

पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । तामाङले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मारिदिने धम्की दिँदै आएका थिए ।

त्यसैगरी तामाङ्सहित लुटपाट र गुण्डागर्दीमा संलग्न अमृत तामाङलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung