३ श्रावण २०८३, आईतवार

 

मन्दिरमा चढाएका फूलबाट अगरबत्ती

तपाई भारतको काशी विश्वनाथको दर्शनमा जादै हुनुहुन्छ भने तपाइले मन्दिरबाट फूल प्रसाद नभएर मन्दिरमा चढाएको फूलबाट बनाइएको अगरवत्ती ल्याउन पाउनुहुने भएको छ । किनकी तपाइले चढाएको फूल यसअघि नदीमा विर्सजन गरिदै आएकोमा अब भने मन्दिरका फूलबाट अगरवत्ती बनाएर दर्शनार्थी भक्तजनलाई उपलब्ध गराइने भएको छ ।

हिन्दुहरुका आस्था र विश्वासका प्रतिक मन्दिरहरुमा चढाइने फुल फोहरमा फालिदै आएकोमा विश्वनाथमा शुरु भएको कार्य अन्य मन्दिरहरुका लागि पनि अनुकरणीइ हुन सक्नेछ । वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा चढाइएका फूललाई सदुपयोग गर्दै अबदेखि अगरबत्ती बनाइने भएको छ । उक्त खबरले पक्कै पनि हिन्दु धर्ममा आस्था राखेर मन्दिर पुग्ने भक्तजनहरुका लागि खुशीको खबर हुनसक्छ । किनकी फूल भगवानलाई त्यसबाट बनेको अगरबत्ती पनि भगवानका नाममा बाल्न पाइने भएको छ । सेल्फ–हेल्प महिला समुहले मन्दिरका फुल संकलन गरी अगरबत्ती बनाउने भएका हुन् ।

ती अगरबत्तीको प्याकेटमा काशी विश्वनाथ मंदिरको तस्वीर अंकित गरेर प्याकिङ गरिने भएको छ । साथै अगरबत्ती विभिन्न सुगन्धमा बनाइने छ । कम केमीकलको प्रयोग गरी स्वास्थ्यलाई समेत ध्यान दिएर बनाइने अगरबत्ती विश्वका विभिन्न देशमा बिक्री गरिने भएको छ । त्यसको शुरुवात यसै महिनाबाट गरिने भएको छ । किनकी यो साउनको महिना भएकोले पनि शुभ रहने मानिने भएको छ । मन्दिरमा दैनिक १० टन फूल संकलन हुने भएपनि साउन महिनामा दैनिक ४० टनसम्म फूल संकलन हुने गरेको छ ।

किनकी साउनको महिना हिन्दुहरुका लागि पवित्र महिना हो । शिव मन्दिरमा पूजा आराधान गरिन्छ । यो परियोजनाले फूलको मात्र नभएर महिलाको रोजगारीमा समेत प्रवन्ध हुने भएको छ । विक्रिबाट प्राप्त हुने आम्दानीबाट समुहले मन्दिरलाई रोयल्टी समेत दिने भएको छ । एक क्वीन्टल फुल बराबर ३५ केजीसम्म अगरबत्ती बनाउन सकिने विश्वास गरिएको छ । त्यसका लागि उत्तर प्रदेश सरकारले समुहलाई घरेलु उद्योगकाे अनुमति समेत दिइसकेको छ । सफाइका अतिरिक्त वातावरणीय सम्बन्ध पनि हुने भएकोले यस कार्यलाई अघि बढाउन लागेको सामाजिक कार्यकर्ता हर्षित सोनकरले बताए ।  करिब १ सय महिलालाई राेजगारीको अवसर सिर्जना हुने सोनकरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung