१५ कार्तिक २०८३, शनिबार

 

दुई गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

सांकेतिक तस्बिर

अज्ञात समूहले शनिबार राति कपिलवस्तु र दाङका दुई गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका प्रमुख बजरंगी चौधरी र दाङको गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडीमा आगजनी भएको हो ।

चौधरीको सदरमुकाम तौलिहवास्थित भाडाको घरमा राखिएको लु१झ ४०० नम्बर सरकारी गाडीमा राति साढे १० बजेतिर अज्ञात समूहले आगो लगाएको स्थानीयले जनाए ।

स्थानीय जनप्रतिनिधिले सरकारी बजेटबाट महँगा गाडी खरिद गर्ने प्रतिस्पर्धा बढेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung