४ श्रावण २०८३, सोमबार

 

बौद्धमा ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

प्रहरीले राजधानीको बौद्ध-६ रामहिटीबाट ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार पक्राउ पर्नेमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले विशेष सुराकीको आधारमा परिचालन भएको प्रहरी टोलीले च्याङ्बा लामाको घरमा लुकाइछिपाई राखिएको रक्तचन्दन बुधबार साँझ बरामद गरेको बताए।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung