होली पर्वका अवसरमा अक्षय कुमार अभिनीत ‘केसरी’ चलचित्र रिलिज भएको थियो । त्यसपछि गत अगस्तमा मात्र ‘मिसन मंगल’ रिलिज भयो ।
दुबै चलचित्रमा रिलिज हुँदाका बखत शोसल मिडियमा देशभक्तिको खुबै गुणगानको चर्चा गरियो । पछिल्ला फिल्ममा उनलाई देशभक्त नायकका रुपमा चित्रित गरिदै छ । यस अघि देशभक्त नायकका रुपमा आउने नाम मनोज कुमारको पर्छ । त्यसैले उनलाई भारत कुमारको उपनामले बलिउडले चिन्दछ । त्यसो त उनले कुनै चलचित्रमा भारत कुमारको नामले पनि भुमिका निर्वाह गरेको संचार माध्यमले उल्ल्ेख गरेका छन् ।
तर पछिल्ला दिनमा अक्षय कुमार मनोज कुमारका पथका नायक बन्न पुगेको चर्चा हुन थालेको छ । यद्यपी उनी अहिलेसम्म भारत कुमारका नामले कुनै चलचित्रमा अभिनय गरेका त छैनन् । तर पनि उनका चलचित्रमा देखिएका विषयवस्तु र उनको भुमिकाले उनलाई बलिउडमा भारत कुमारको उपनाम दिन थालिएको छ ।
त्यसो त उनी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट रहेका छन् । लोकसभा निर्वाचन अघि पत्रकारहरुलाई बाइपास गरेर मोदीले उनै अक्षय कुमारलाई मनकी बात नामक कार्यक्रम मार्फत आफ्ना भनाइ सार्वजनिक गरेका थिए ।
















































































































































































