४ जेष्ठ २०८१, शुक्रबार

 

एसीसी यू–१९ एसिया कप: युएईविरुद्ध नेपालको फराकिलो जित

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई १ सय ६० रनले पराजित गरेको छ ।
नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने क्रममा युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो। पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भएका थिए भने चौथो ओभरमा पवन सर्राफ पनि शुन्यमा आउट भए ।
त्यसपछि नेपालको इनिङ्ग सम्हाल्दै आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले ७९ रनको साझेदारी गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रन जोडे।
त्यसैगरी सन्दिप जोराले ४८ रन जोडे भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पुर्‍याए ।

राशिद खानले ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रन जोडेका थिए ।
जवाफमा यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । यूएईका चार खेलाडीले मात्र दोहोरो अंकको रन बनाए । यूएईका लागि भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए ।

यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तीन तथा रशिद खान, सूर्य तामाङ र पवन सर्राफले समान २२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्