४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाल र उज्वेकिस्तान उपाधिका लागि भिड्दै

किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (बिहीबार) नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

नेपाली महिला टाेली समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० को हार बेहोर्‍याे । अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो । आज नेपाली महिला टाेलीलाई पहिलो उपाधि जित्ने अवसर छ।

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि नेपाल किर्गिस्तान पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्