३ श्रावण २०८३, आईतवार

 

लगानी बोर्डकाे असहयोगपछि ५५ करोड डलर गुम्दै

सरकारी सहयोग नपाएपछि अन्ततः नाइजेरियाको कम्पनी एलिको डाङ्गोटे बाहिरिने भएको छ।

६ वर्षअघि लगानी स्वीकृत गराए पनि सरकारले सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा खानी नदिँदा अन्ततः डाङ्गोटे बाहिरिने भएको हो।

एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रूपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति १५ कात्तिक ०७० मा नै पाएको थियो।

निरन्तर पहल गर्दासमेत खानी विभागदेखि लगानी बोर्डसम्मको असहयोगले डाङ्गोटे फिर्ता हुने भएको हो। उसले नेपालमा गर्ने भनेको लगानी भारतमा गर्ने भएको छ।

डाङ्गोटेले यहाँबाट बाहिरिन लिक्विडेसनको काम सकिसकेको छ कम्पनीमा आबद्ध एक अधिकारीले भने, अब सरकारलाई औपचारिक जानकारी दिएर बाहिरिने तयारीमा छौं ।

लगानी प्रबर्द्धन गर्न बनेको लगानी बोर्डले पनि कुनै सहयोग गरेन। अनि निरासा बोकेर बाहिरिनु परेको छ ती अधिकारीले भने, नेपाल आउन चाहने बैदेशिक लगानीलाई पनि यसले राम्रो सन्देश दिँदैन।

डाङ्गोटेले ठिक तीन वर्षअघि खानी विभागले बोलपत्र आह्वान गरेका १५ स्थानकामध्ये पाल्पा, धादिङ र मकवानपुर गरी तीन ठाउँको खानीका लागि प्रस्ताव हालेको थियो । जसको प्राविधिक मूल्यांकनमा भने डाङ्गोटेलाई अयोग्य ठहर्याइयो। जबकि, सिमेन्ट उत्पादनको प्राविधिक क्षमता डाङ्गोटेको सबैभन्दा बलियो पक्ष हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung