
कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
कृषि विकास बैंकको विभिन्न शाखाबाट केन्द्रीय बैंकमा ट्रान्सफर गरी उक्त रकम लुटिएको प्रहरीले जनाएको छ। रकम आइतबार लुटिएको बताइएको छ ।
महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ परेकाहरुलाई महाशाखामा पत्रकार सम्मेलन गरी बुधबार सार्वजनिक गरिने जानकारी दिए।