महिला हित सहकारीले विजया दशमीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काले सहकारीका शेयर सदस्यहरु, कार्यसमितिका सदस्यहरु ,सल्लाहकारलाई शुभकामना दिनुका साथै सहकारीको हरेक गतिविधिमा एकतावद्ध भएर अगाडि बढ्न सके सबै उद्देश्य प्राप्त हुने बताइन ।
कार्यक्रममा सल्लाहकार केवि राना मगर , शकुन्तला शर्मा , लक्ष्मी बाँस्कोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।शुृभकामना कार्यक्रम महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काको अध्यक्षतामा र संचालन सचिव सावित्री केसीले गरेकी थिइन ।
महिला हित सहकारीमा हाल शेयर सदस्य ९ सय ६० जना ,शेयर पुँजी २ करोड ४५ लाख पुगेको छ भने कर्जा लगानी ६ करोड ५७ लाख रहेको छ ।
शहर र गाउँको विपन्न महिलाहरुलाई सहकारीमा आबद्ध गरेर महिला हित सहकारीले धेरै महिलाहरुलाई आय आर्जनमा लाग्न प्रेरीत गरेको छ भने वचत गर्ने बानीको पनि विकास गरेर धेरै महिलाहरुको आर्थिक जीवनमा परिवर्तन ल्याएको छ ।



















































































































































































































