मकवानपुर जिल्लाको मनहरीमा कागज उद्योग स्थापना हुने भएको छ । प्रदेश नं ३ सरकार र निजी क्षेत्रको सहकार्यमा उक्त उद्योग सञ्चालनमा आउनेछ ।
२ अर्ब रुपैयाँ लगानीमा बन्ने कागज उद्योगको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अगाडि बढेको छ । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम अगाडि बढेको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।













































































































































































































