२५ भाद्र २०८३, बिहीबार

 

पर्यटकीय स्थल गाजाको दह चिनाउन मोटरसाईकल यात्रा

सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन बागलुङमा मोटरसाइकल यात्रा गरिएको छ।नेपाल आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचारप्रसार गर्ने ध्येयले बागलुङ कालिका भगवतीको मन्दिरदेखि पर्यटकीय स्थल गाजाको दहसम्म आज मोटरसाइकल यात्रा शुरु गरिएको छ ।

जिल्ला पर्यटन विकास समिति बागलुङ, घुमन्ते दि अमेजिन ट्राभल्सको आयोजनामा प्रर्वद्धनात्मक कार्यक्रम गर्न लागिएको यात्राका संयोजक खिमबहादुर क्षत्रीले बताउनुभयो ।

मोटरसाईकल यात्राको जिल्ला समन्वय समतिका प्रमुख राजेन्द्र ढुङ्गानोले शुभारम्भ गर्नुभयो ।सामुन्द्रिक सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा रहेको गाजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहासिकको संगम स्थलको रुपमा विकास गर्न सकिने जिल्लाको महत्वपूर्ण स्थानका रुपमा लिदै आइएको छ ।

‘बाहिरबाट आउने पर्यटक बागलुङका पर्यटकीय स्थलबारे जानकारी नहुँदा मुस्ताङ, म्याग्दी पुग्ने गर्छन्,’ बागलुृङ पर्यटन विकास समितिका अध्यक्ष  राजु खड्काले ले भने, ‘मोटरसाइकल यात्राले जिल्लामा पर्यटकको संख्या भित्र्याउन र पर्यटनवर्ष २०२० लाई सफल बनाउन सहयोग गर्छ ।’

‘आजको मो्टरसाइकल यात्राले बागलुङको पर्यटन विकासमा सहकार्यको नयाँ बाटोको सुरुवात भएको छ ।गाजाको दह मात्र हैन संम्भावना बोकेको सबै गन्तव्य स्थलहरुको प्रचारमा सामुहिक रुपमा अगाडि बढ्ने छौ ’ बागलुृङ पर्यटन विकास समितिका अध्यक्ष  खड्काले बताए ।

कालिका मन्दिरदेखि गाजाको दहसम्मको यात्रामा धवलागिरि, अन्नपूर्ण र नीलगिरिजस्ता एक दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ । गाजाको धुरीबाट विभिन्न आठ जिल्लाका उच्च बस्तीहरू देख्न सकिने बागलुृङ पर्यटन विकास समितिका सचिव अर्जुन  चोखालले जानकारी गराए ।

‘कालिका र गाजालाई जोड्न सके प्रकृतिसँग रमाउनेहरू यहाँसम्म आउँछन्,’ उनले भने, ‘धर्म मान्दै प्रकृति हेर्नेहरूका लागि यी दुई गन्तव्य उपयुक्त हुन् ।

समुद्री सतहदेखि २४ सय ८० मिटर उचाइमा रहेको गाजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । सरकारले विकास गर्नुपर्ने एक सय गन्तव्यमा सूचीकृत गरेपछि यसको महत्त्व झन् बढेको छ । गाजाको दहमा पर्यटक भित्र्याउन वरपरको क्षेत्रमा घरवाससमेत सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung