संघीय सांसद सूर्य पाठकले पर्यटन क्षेत्र रोजगारी सृजना गर्ने राम्रो माध्यम भएको बताएका छन् । बागलुङ पर्यटन विकास समितिको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनमा उनले पर्यटन क्षेत्रले ठूलो संख्यामा रोजगार सृजना गरेको जनाए ।
उनले गरिबी न्यूनीकरणमा समेत पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । नेपालले सन २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको भन्दै पाठकले बागलुङ पोखराकाे वैकल्पिक पर्यटकीय क्षेत्र बन्ने बताए ।
पर्यटन वर्षका लागि सरकारले चौतर्फी तयारी गरिरहेको जनाउँदै उनले केही समयमै नेपालमा पर्यटकको घुइँचो लाग्ने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएसँगै पर्यटकको संख्या उल्लेखनीय मात्रामा बढ्ने उनको तर्क थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेकपाका नेता कृष्ण पाठक, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का शैलेन्द्र कुमार श्रेष्ठ र धाैलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले राजु खड्काको अध्यक्षतामा १७ सदस्यीय बागलुङ पर्यटन विकास समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भवीकला रोका, सचिवमा अर्जुन चोखाल, सह–सचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल छन् ।
सदस्यहरुमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमति घर्ति, गण्डकी थापा, कमला पुन मगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हिरा पुन रहेका छन् ।
आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिम बहादुर थापा, टिका संगम विक, राजु आचार्य, जित बहादुर क्षेत्री, कौसिला पुन, ज्ञानेन्द्र ढकाल रहेका छन् ।
तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहेका छन् । सदस्यहरुमा टेकबहादुर क्षेत्री, केशव कार्की रहेका छन् ।तदर्थ समितिका संयोजक राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य राज थापा र सञ्चालन अर्जुन चोखालले गरेका थिए
















































































































































































