६ जेष्ठ २०८१, आईतवार

 

खो खोमा नेपाली महिला टिमलाई रजत, पुरुषलाई कास्य

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोमा नेपाली महिला टिमलेले रजत पदक जितेको छ ।कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले स्वर्ण जितेकाे हाे ।

कीर्तिपुर नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतसँग १७–५ स्कोरमा पराजित भयो । यद्यपि खो खो मा नेपालको यो ऐतिहासिक पदक हो ।  नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो ।

पुरुषतर्फ भने नेपालले कास्य पदक जितेको छ । नेपाल श्रीलंकासँग १३–७ ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्