६ जेष्ठ २०८१, आईतवार

 

चौथो गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु

गरिमा आवासीय मावि र डिग्नीटी कलेज बागलुङको आयोजनामा ‘चौथो गरिमा अन्तर विद्यालय च्याम्पियनसीप क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

‘बौद्धिक तथा शारीरिक विकासको लागि खेलकूद’ भन्ने मूल नाराका साथ क्रिकेट प्रतियोगिता मंसिर १८ गतेदेखि २२ गतेसम्म बागलुङ नगरपालिकाको वडा नं १ ,बाङ्गेचौर खेल मैदानमा आयोजना भएको चौथो गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन बागलुड नगरपालिकाको नगर प्रमुख जनक राज पौडेले गरेका छन ।

खेलकुद विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको अभिन्न अंग भएकोले गरिमा आवासीय माविले आयोजना गरेको गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिताले विद्यार्थीैहरुको सृजनशिलता बाहिर ल्याउँन महत्वपूर्ण योगदान दिने नगरप्रमुख पौडेलले बताए ।

कार्यक्रममा गरिमा डिग्नीटि कलेजको अध्यक्ष टिकाराम शर्मा र जिल्ला खेलकुद विकास समितिको निर्वतमान अध्यक्ष धनबहादुर परियारले मन्तव्य दिएका थिए ।कार्यक्रममा स्वागत गरिमा आवासीय माविको प्रिन्सिपल श्याम प्रसाद शर्माले र अध्यक्षता गरिमा डिग्नीटि कलेजका अध्यक्ष टिकाराम शर्माको अध्यक्षतामा भएको थियो ।

क्रिकेट प्रतियोगितामा गरिमा डिग्नीटि बी समूहले टस जितेर ब्याटिड रोज्दै पहिलो पारीमा १४६ रनको विशाल लक्ष्य न्यु ओएसिस बोर्डिड स्कुललाई दिएको थियो ।

त्यसै गरी कालिका कन्या मावि र विद्यामन्दिर माविविच भएको थियो ।कालिका कन्या माविले१५८ रनको लक्ष्य दिएको थियो ।विसं २०७३ सालदेखि गरिमा आवासीय माविले क्रिकेट खेलको व्यवसायीक प्रबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष गरिमा च्याम्पियनसीप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

मंसिर १८ गतेदेखि हुन लागेको क्रिकेट प्रतियोगिता चौथो संस्करण भएको र यसपालि धोलागिरी अंचल स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको गरिमा आवासीय माध्यमिक विद्यालयको प्रिन्सिपल श्याम प्रसाद शर्माले बताए ।

प्रतियोगिता प्रथम हुनेलाई नगर पुरस्कार ४४ हजार ४ सय ४४ रुपैया ,ट्रफि ,मेडेल र प्रमाणपत्र र द्धितीय हुनेलाई २२ हजार २ सय २२ रुपैया ,ट्रफि ,मेडेल र प्रमाणपत्र रहेको छ ।

बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोलमा रहेको गरिमा आवासीय मावि र डिग्नीटी कलेजले गुणस्तरीय शिक्षामा जोड दिनुका साथै विद्यार्थीहरुको सृजनशिलतालाई मौलिक ढंगले बाहिर ल्याउँनको लागि खेलकूदलाई उच्च प्राथमिकतामा राखेको गरिमा आवासीय माविका प्रिन्सिपल श्याम प्रसाद शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्