२४ बैशाख २०८१, सोमबार

 

म्याराथनमा किरणसिंहले दिलाए नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे । योसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।

किरणको यो ट्रयाक एण्ड फिल्डमा पहिलो व्यक्तिगत स्वर्ण हो । भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयसहित रजत जिते । भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्डसहित कास्य जिते । नेपालका होमलाल श्रेष्ठ चौंथो भए ।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्