२४ बैशाख २०८१, सोमबार

 

फाइनल प्रवेशका लागि नेपाल र बङ्गलादेश भिड्दै

१३ औं दक्षिण एसियाली खेलकुदको फुटबलतर्फको फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।  आजको खेलमा  नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन । बंगलादेशसँग नेपाल पराजित भएमा हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ ।

नेपालसँग मात्रै पराजित भुटान ४ खेलबाट ९ अंक सहित फाईनल पुग्ने पहिलो टोली बनेको छ । नेपालको ७ अंक रहँदा बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ ।

नेपाल र बंगलादेशबीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्