६ जेष्ठ २०८१, आईतवार

 

हिमालयन शेर्पालाई यती एयरलाइन्सको साथ

हिमालयन शेर्पाले क्लबको मुख्य प्रायोजक यती एयरलायन्स हुने भएको छ । सोमबार भएको सम्झौताअनुसार क्लबले यती हिमालयन शेर्पा नामले सहिद स्मारक लिग ए डिभिजन र अन्य प्रतियोगिता खेल्नेछ  ।
कुल २० लाख रुपैयाँको सम्झौतामा क्लबका अध्यक्ष कर्मा्छिरिङ शेर्पाको रोहबरमा कोषाध्यक्ष लाक्पा शेर्पा र यती एयरलायन्डसका निर्देशक सरलविक्रम राणाले हस्ताक्षर गरे । सम्झौता एक वर्षको रहेको छ ।

यती एयर यसअघि पनि क्लबको प्रयोजक रहेको थियो । सम्झौता कार्यक्रममा यतीका सिनियर म्यानेजर भीमराज राईले सामाजिक उत्तरदायित्त्वअन्तर्गत क्लबलाई प्रयोजन गरेको र यो क्रम जारी रहने पनि बताए । क्लब अध्यक्ष शेर्पाले प्रायोजनले टिमको प्रदर्शनमा सकारात्मक असर पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्