बागलुङ उद्योग बाणिज्य संघले पुस ११ गतेदेखि २० गतेसम्म आयोजना गरेको बागलुङ महोत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न पार्किङ ब्यबस्थापन गर्ने बिषयमा छलफल सम्पन्न भयो ।
बागलुङ महोत्सव मुल आयोजक समितिका संयोजक युवराज राजभण्डारीको अध्यक्षतामा भएको बैठकले बागलुङ महोत्सवको १० दिनसम्म पार्किङ र ट्राफिक ब्यबस्थापन गर्न सबै सरोकारवाला बिच सहमति भएको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।
महोत्सबका १० दिनका अबधि धौलागिरि बहुमुखी क्याम्पस प्राङ्गण वरिपरि कुनै पनि सवारीसाधन पार्किङ नगरी महोत्सव भब्य रूपमा
सफल बनाउने निर्णय गरेको पार्किङ ब्यबस्थापन उप समितिका संयोजक राजु खड्काले बताए ।
बागलुङको जिप पार्क ,र पुरानो ओसिस बोर्डिङ स्कुल भित्र यातायात पार्किङ सहजरूपमा गर्ने अन्य ठाउँमा वनवे सबै खालको पार्किङ निशुल्क रूपमा गर्ने गराउने सहमति भएको खड्काले बताए ।
महोत्सव सफल बनाउन बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्य जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाट धौलागिरि बस ब्यबसायी कम्पनीका अध्यक्ष उमेश केसी धौलागिरि कालिका जिप कम्पनीका अध्यक्ष बिष्णु अधिकारी टेक्सी ब्यबसायी समितिका अध्यक्ष लगायतका सरोकारवाला बिच छलफल गरि पुस ११ गतेदेखि २० गतेसम्म महोत्सव लाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग र समर्थन गर्न समेत अनुरोध गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख महेन्द्र रानाभाटले बताए ।
सदरमुकाम भित्र रहेका निजी तथा आवासिय बिद्यालयका बिद्यार्थी बोक्ने बस तथा भ्यानहरू लाई महोत्सव अबधिभर ब्यबस्थित रूपमा संचालन गरेर सहयोग गरिदिन अनुरोध गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
बागलुङ महोत्सवको १० दिनसम्म बागलुङ बजार भित्रका मोटर साईकल स्कुटी कार भ्यान लगायतका सवारीसाधन भएका महानुभावहरू लाइ महोत्सव स्थलमा आउदा सवारीसाधन घरमै राखेर आउन अनुरोध गरेको छ ।ट्राफिक ब्यबस्थापन र पार्किङ ब्यबस्थापन सहज हुने वातावरण सृजना गरिदिन सबैलाई बागलुङ महोत्सव मुल आयोजक समितिले आग्रह गरेको छ ।



















































































































































































































