६ जेष्ठ २०८१, आईतवार

 

लाजियोले जित्यो इटालियन सुपर कप

क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसलाई पराजित गर्दै लाजियोले ‘इटालियन सुपर कप’को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा लाजियोले दश खेलाडी रहेर खेल अन्त्य गरेको युभेन्टसलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोलाई उपाधि दिलाउन लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले एक गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा युभेन्ट्सका रोड्रिगो बेन्टानकर रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा झरेको थियो ।

त्यसपछि डानिलो काटाल्डीले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्