धौलागिरि फोहोर ब्यबस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडले बागलुङ जिल्लामा बसेर भोलेन्टिएर सेवा गर्दै आएका जापानीज नागरिक जुनी लाई एक कार्यक्रम बिच बिदाइ गरियो ।
सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै बागलुङका बालबालिकालाई शिक्षा दिदै आएका जापानीज भोलेन्टिएर जुनीले पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै मायाको चिनो प्रशंसा पत्र प्रदान गरेर बिदाइ गरेको धौलागिरि फोहोर ब्यबस्थापन तथा वातावरण सहकारीका संरक्षक पध्मचन्द्र राजभण्डारीले बताए ।
कार्यक्रममा जापानीज भोलेन्टिएर जुनीले बागलुङ सदरमुकाममा बसेर फोहोर तथा वातावरणको क्षेत्रमा काम गर्न पाउँदा आफुलाइ
खुशी लागेको बताए ।फोहोर लाई घर बाटै ब्यबस्थित गर्न सकेको खण्डमा धेरै समस्या समाधान हुने जुनीले बताए ।
बागलुङ सदरमुकाममा फोहोर तथा सरसफाइको क्षेत्रमा सहकारी मार्फत काम गर्दै आएको आगामी दिन अझै ब्यबस्थित ढंगले काम गरेर जाने योजना रहेको सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बताए । कार्यक्रममा बागलुङ जिल्लामा आएका नयाँ अस्ट्रेलियन भोलेन्टिएर लाई सहकारीले अबिर खादा लगाएर स्वागत गरेको थियोे ।



















































































































































































































