६ जेष्ठ २०८१, आईतवार

 

विमलसहित चार फुटबलरकाे निलम्बन घटाइयाे

कारबाही घटाउन माग गर्दै अपिल गरेका राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरसहित ४ खेलाडीका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले सुनुवाई गरेको छ।

स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीमाथि लागेको निलम्बन २७ दिन कम गरिएकाे हाे। एन्फाको अनुशासन कमिटीको मंगलबारको बैठकले उक्त निर्णय गरेकाे हाे।  उनीहरुलाई पुरानै मिति अर्थात कार्तिक ३० बाट लागु हुने गरी कारबाही गरिएको एन्फाले जनाएको छ। तर जरिवाना रकम भने पुरानै कायम राखिएको छ।

४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै समाचार सार्वजनिक भएपछि एन्फाले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्