व्यवसायी धना सुनारले आफ्नो जन्मदिनका अवसरमा मानवसेवा आश्रमलाई हिटर सहयोग गरेकी छन् । शुभलक्ष्मी सुनचाँदी पसलकी प्रोप्राइटर सुनारले मंगलबार बागलुङ बजारको किनारा टोलमा रहेको आश्रमलाई ६ हजारबराबरका ३ थान हिटर सहयोग गरेको आश्रम सञ्चालिका सुमीरा लामाले नयाँ विश्वलाई बताइन् । सुनारले विभिन्न संघसंस्था, विद्यालय, मन्दिरलगायत संस्थालाई सहयोग गर्दै आएकी छिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी सुनार, आश्रम सञ्चालक शिव खड्का, सञ्चालिका लामा मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम सञ्चालन सरिता गौतमले गरेकी थिइन् ।



















































































































































































































