१४ कार्तिक २०८३, शुक्रबार

 

भारतीय पत्रकार गौरी लंकेशको हत्या आरोपमा एक पक्राउ

भारतीय पत्रकार एवं सामाजिक कार्यकर्ता गौरी लंकेशको हत्यामा संलग्न आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । घटनापछि गठित विशेष जाँच दल (एसआइटी) ले ४४ वर्षे रुसिकेश देवदिकर उर्फ मुरलिलाई नियन्त्रणमा लिएको हो ।

गौरीलाई बेङलुरुमा ५ सेक्टेम्बर २०१८ मा उनकै घरबाहिर गोली हानेर हत्या गरिएको थियो । एसआइटीका अनुसार फरार रहेका मुरलीलाई बिहीबार झारखण्डको धनवाद जिल्लाबाट गिरफ्तार गरिएको हो । हत्यामा संलग्नमध्येका उनी १८औं आरोपित हुन् । उनको घर छानबिन गरेर भेटिएका प्रमाणसहित उनलाई चाँडै न्यायिक छानबिनका लागि न्यायिक मजिस्ट्रेटसमक्ष पेस गरिने बताइएको छ ।

गौरीको हत्याको आशंकामा एक हिन्दु धार्मिक संगठनका सदस्यलाई दोषी ठहर गरिएको थियो । गौरीका आफन्तले लामो सूची बनाएर उक्त संगठनका कार्यकर्ताविरुद्ध जाहेरी दिएका थिए । सूचीमा रंगकर्मी गिरीश कर्नाड र तर्कवादी केएस भगवान्को नाम पनि समावेश थियो । एसआइटीका अनुसार गौरी हत्याको योजना दक्षिणपन्थी समूहका तिनै सदस्यले रचेका थिए भनिन्छ जसलाई समाजसेवी तर्कवादी एमएम कलबुर्गीको हत्याको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung