मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा निसासिएर मृत्यु भएका आठै भारतीयकाे सनाखत भएको छ ।
प्रहरीका अनुसार केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैष्णव र ९ वर्षीया बद्रा कपकाे मृत्यु भएकाे हाे ।
कोठामा हिटर बाली सुतेका उनीहरूलाई बिहान अचेत भेटिएपछि हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) शैलेशकुमार क्षत्रीले उनीहरू सबै एकै कोठामा हिटर बालेर सुतेको र निसासिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।
उनका अनुसार भारतबाट १५ जनाकाे टाेली आएकाेमा ८ जना एकै कोठामा सुतेका थिए ।
याे पनि पढ्नुहाेस् :
निसासिएर ८ भारतीय पर्यटकको मृत्यु



















































































































































































































