७ कार्तिक २०८३, शुक्रबार

 

ऐनमा देखिएका विरोधाभास संशोधनमार्फत हटाइने : अध्यक्ष पौडेल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले सहकारी ऐनमा देखिएका विरोधाभास संशोधनमार्फत हटाइने बताएका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सहकारीका समसामयिक विषयमा बागलुङमा रहेका सहकारीबीचको अन्तरक्रियामा उनले ऐन संशोधनका लागि सबै तहमा गृहकार्य भइरहेको जनाउँदै सहकारी अभियानबाट प्राप्त उपलब्धि संस्थागत गरी उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले बागलुङ सहकारीको उर्भर भूमि भएको भन्दै सहकारी अभियानका सबै तहमा बागलुङको नेतृत्व पुग्नुले यसको पुष्टि हुने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलगायतले शुभकामना मन्तव्य राखे । नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष पौडेल, सञ्चालक कमला गिरी, महासंघ सञ्चालक हुमाकुमारी जिसीलाई संघका तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung