१६ कार्तिक २०८३, आईतवार

 

मृगौलापीडितलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेसले काठेखोला गाउँपालिका–३ धम्जाका मृगौलापीडित विपिन आलेको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मंगलबार कार्यक्रम आयोजना गरी पीडित परिवारलाई १ लाख १३ हजार १ सय १० रुपैयाँ हस्तान्तरण गरियो । दुवै मृगौला फेल भएपछि सुमेरु अस्पताल काठमाडौंमा डायलसिस गरिरहेका आलेको उपचारमा लागि सहयोग अभियान चलाई रकम संकलन गरेको थियो ।

त्यसै गरी स्थानीय तहमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिएको कांग्रेसले मंगलबार काठेखोला–२ भीमपोखरा र वडा नम्बर ३ धम्जामा अन्तरक्रिया गरेको छ । कार्यक्रममा महासमिति सदस्य तथा कलस्टर संयोजक होमबहादुर हमालले लोकतन्त्र रक्षाका लागि काग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, भूपू सैनिक संघका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी, वडाध्यक्ष खडक थापालगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung