१५ कार्तिक २०८३, शनिबार

 

श्रीमतीको टाउको लिएर प्रहरी चौकीमा पुगे यी युवा

भारतको उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीको टाउको छिनालेर प्रहरी चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लामा घरायसी विवादका क्रममा यो दर्दनाक घटना घटेको स्थानीय प्रहरीले जनाएको छ ।

ती व्यक्ति श्रीमतीको टाउको काटेर प्रहरी चौकी पुगेका थिए । अखिलेश रावत नाम गरेका ती व्यक्तिले श्रीमतीको टाउको बोकेर हिँड्दै गर्दा प्रहरीलाई देखेपछि ‘भारत माताकी जय’ नारा लगाएका थिए । त्यस क्रममा उनले भारतको राष्ट्रगान पनि गाएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung