१६ कार्तिक २०८३, आईतवार

 

न्याय नपाएको भन्दै गंगामायाले संयुक्त राष्ट्रसंघ गुहारिन्

छोराको हत्या भएपछि पटक पटक अनशन बस्दा समेत सरकारबाट न्याय नपाएको भन्दै गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको याचना गरेकी छन् ।

अधिकारीले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यलय पुल्चोक पुगेर सँघकी आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय नदिएको बताइन् । आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन उनले आग्रह समेत गरिन् । न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताइन् ।

आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरिन् । उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताइन् । गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung