अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पहिलो भारत भ्रमणका क्रममा अमहदबादकाे साबरमती (गान्धी) आश्रम पुग्दा चर्खा समेत चलाएका छन् ।
अहमदबाद एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प सहितको अमेरिकी भ्रमण टोली साबरमती आश्रम अवलोकन गर्न पुगेकाे थियाे । अमेरिकी राष्ट्रपति ट्रम्पले चर्खा चलाएर सूत कातेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले चर्खा,गान्धी र आश्रम बीचको समवन्धका बारेमा जानकारी गराएका थिए । त्यसपछि ट्रम्प माटेरा स्टेडियम तर्फ गएका थिए । करिब २२ किलो मिटरको दुरीमा रहेको स्टेडियम नमस्ते ट्रम्प नामक कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका थिए ।




















































































































































































































