नेपाल रेडक्रस सोसाइटी बेलबगर उपशाखाले पाँचौं साधारणसभामा १ लाख ३० हजार बराबरको दैवीप्रकोप तथा राहत उद्धार अक्षयकोष स्थापना गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले रेडक्रस एक पवित्र संस्था भएकाले निःस्वार्थ रूपमा मानवीय सेवामा समर्पित हुनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव नवराज पौडेल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका मन्त्री विकास पौडेल, सदस्य भुवानीप्रसाद कँडेल, जैमिनी नगरपालिका–७ का वडाध्यक्ष जितबहादुर राना, ८ का वडाध्यक्ष विजय शर्मा अधिकारी, छिस्ती उपशाखाका सभापति यमबहादुर क्षत्री, बेलबगर उपशाखाका पूर्वसचिव यामप्रसाद पौडेललगायत उपस्थित थिए ।



















































































































































































































