२० बैशाख २०८१, बिहीबार

 

यूएईइस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह

कोरोना भाइरस संक्रमणले खाडीसहित मध्यपूर्वका देशमा तीव्रता लिएपछि त्यहाँ रहेका लाखौं नेपाली समुदाय पनि त्रस्त बनेका छन्। यूएईस्थित नेपाली दूतावासले  उनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।

मध्यपूर्वमा मात्र निर्माण, सेवा, व्यवसाय एवम् अन्य क्षेत्रमा गरी झन्डै १५ लाख नेपाली कार्यरत रहेको अनुमान छ । मध्यपूर्वका १२ राष्ट्रमा अहिले कोरोना भाइरसको सन्त्रास छ।  बुधबार साँझसम्मको रिपोर्ट अनुसार इरानमा यसबाट २१० जनाको मृत्यु भइसकेको छ भने २३३६ जना संक्रमित भएका छन्। जसमध्ये केही राज्यको उपल्लो तहका अधिकारीसमेत छन्।मध्यपूर्वमा इरानपछि कुवेतमा ५६ र बहराइनमा ४९ जना संक्रमित पुष्टि भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्