१६ कार्तिक २०८३, आईतवार

 

सार्वजनिक कार्यक्रम नगर्न बागलुङ नगरपालिकाको अपिल

विश्वका ९२ देशमा फैलिएको नोबोल कोरोना भाइरस (कोबिड–१९)को प्रकोपबाट बच्नका लागि उच्च सतर्कता अपनाउन बागलुङ नगरपालिकाले अपिल गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै विश्वभर फैलिएको कारोनाबाट बच्नका लागि सार्वजनिक कार्यक्रम ,मेला, महोत्सव तथा भीडभाडमा नजान आग्रह गरेको छ ।

निमित प्रशासकीय अधिकृत डण्डपाणि शर्माद्वारा हस्ताक्षर सूचनामा भनिएको छ , ‘कोरोना तीब्र रुपमा फैलिएकाले त्यसको प्रकोप न्यूनिकरण नभएसम्म मेला महोत्सव तथा भीडभाडमा जम्मा हुने अवस्था सिर्जना नगर्न हुन बागलुङ नगरपालिका अनुरोध गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung