६ जेष्ठ २०८१, आईतवार

 

यूएईद्वारा श्रम स्वीकृति बन्द

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नाे देशमा आउन चाहने श्रमिकका लागि सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिककाे गन्तव्य रहे पनि  उक्त निर्णयअगावै नेपालले समेत श्रम स्वीकृति दिन छाडिसकेकाे छ  ।

कोरोना भाइरस सङ्क्रमणले विश्वभर महामारीको रूप लिएपछि अर्को सूचना नआउँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको (यूएई)ले जनाएको छ । त्यहाँकाे श्रम मन्त्रालयले राष्ट्रिय आपत्, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो ।

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विश्वभर दुई लाख सात हजार जना सङ्क्रमित छन् । कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ । कोराना भाइरसका कारण १० हजारभन्दा बढीकाे मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्