४ जेष्ठ २०८१, शुक्रबार

 

गोविन्द अधिकारी स्मृति प्रतिष्ठानले धोलागिरी अंचल अस्पताललाई पीपीई सहयोग गर्दै

गोविन्द अधिकारी स्मृति प्रतिष्ठानले कोरोना रोगको परीक्षण र उपचारको लागि लगाउनु पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई सामग्री धोलागिरी अंचल अस्पताललाई उपलब्ध गराउने भएको छ ।प्रतिष्ठानको अनुरोधमा विदेश र स्वदेशमा रहेका सामाजिक व्यक्तिहरुबाट पीपीई खरिदको लागि चाहिने आवश्यक रकम संकलन भइ रहेको प्रतिष्ठानको महासचिव संजय अधिकारीले नयाँ विश्वलाई बताए।

बागलुड जन्म घर भई अमेरिका बसोबास गर्ने उज्ज्वल खड्काले प्रतिष्ठान मार्फत अस्पताललाई स्वास्थ्य सामग्री दिने योजना सुनाएपछि यो सहयोगको वातावरण बनेको अधिकारी जानकारी दिए ।उक्त स्वास्थ्य सामग्रीहरु आइतबार बागलुड पठाउन लागेको महासचिव अधिकारीले बताए ।

पीपीई सहयोग गर्ने दाताहरुमा अमेरिकाबाट उज्ज्वल खड्का २५ थान ,सोभित केसी १५ थान ,संजय अधिकारी काठमाडौ २५ थान ,दिपक रेग्मी जापान २५ थान र राम शर्मा बागलुड १५ थान गरी जम्मा १ सय ५ थान पीपीई प्रतिष्ठानले धौलागिरी अंचल अस्पताल विकास समितिको अध्यक्ष केवि राना मगरलाई हस्तान्तरण गर्न लागेको छ ।

काठमाडौंबाट उक्त सामग्रीहरु बागलुड ल्याउनको लागि प्रतिष्ठानसँग कुराकानी भइरहेको धौलागिरी अंचल अस्पताल विकास समितिका सदस्य शालिक राम शर्माले भने ।

सरुवा रोगबाट संक्रमितको उपचार गर्दा सुरक्षाको लागि लगाउनु पर्ने सामग्रीहरु पीपीई ,ज्वरो नाप्ने थर्मल स्क्यानर ,इन्फारेट थर्मोमिटर ,ग्लोब ,मास्क र सर्जिकल क्याप उपत्यका र बाहिरको स्वास्थ्य संस्थाहरुमा नभएको समाचार बाहिर आएपछि देशलाई विशेष संकट परेको बेला सामाजिक जिम्मेवारीका साथ हामीले  समन्वय गरेर अस्पताललाई सहयोग गर्न लागेको नागरिक समाजका सदस्य तथा अधिवक्ता राम शर्माले जानकारी दिए ।

आवश्यक मात्रामा  पीपीई नभएर अस्पतालमा आएका व्यक्तिहरुमा कोरोना भएनभएको परीक्षण र उपचार गर्न  चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समस्या परेको छ ।

बागलुडको राजनैतिक र शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका गोविन्द अधिकारीको स्मृतिमा संचालित प्रतिष्ठान वैचारिक बहस र सामाजिक सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्