४ श्रावण २०८३, सोमबार

 

२५ गतेसम्म सेयर बजार बन्द

नेपाल स्टक एक्सचेञ्ज( नेप्से )को कारोबार २५ गतेसम्म बन्द हुने भएको छ । लकडाउको कारण मानिस हिँडडुल गर्न नपाउने भएकाले नेपाल धितोपत्र बोर्डले आइतबार साँझ नेप्सेलाई अर्को एक साता कारोबार बन्द गर्न निर्देशन हो।

लकडाउनको कारण कारोबार स्थगित गर्नु परेकोे बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए । गत बुधबारदेखि सेयर बजार कारोबार बन्द भएको छ ।

सेयर बजारको कारोबार खुला गर्दा ब्रोकर कार्यालयमा भिडभाड भएर कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकामा कारोबार बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung