
पर्साको वीरगंजमा तीन जना भारतीय नागरिकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनीहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणको लागि काठमाडौं पठाईएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरीएको थियो । १३ दिनदेखि वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बसि रहेका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा वासिन्दा हुन । लकडाउनको कारण उनीहरु रोकिएका थिए ।उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका थिए ।
आइसोलेसनमा