
रौतहट जिल्लामा एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अधि कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला आज कोरोना संक्रमण भेटिएकी थिइन् ।
हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।