१ जेष्ठ २०८२, बिहीबार

 

कपिलवस्तु र बाँकेका थप दुईमा कोरोना

बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १र१ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका–५ का २२ वर्षका युवकमा संक्रमण देखिएको छ ।

बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गरिएको थियो ।

उनीहरु दुवै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung