
पूर्वी नवलपरासीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिनमा १२ जना रुपन्देही, ९ जना कपिलवस्तु, ३ जना पर्सा, एक जना बाँके र अर्का एक जना नवलपरासीका छन्