१ जेष्ठ २०८२, बिहीबार

 

कोरोना संक्रमित शिक्षकको मृत्यु

कोरोनाको कारण गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार बिहान मृत्यु भएको हो । उनलाइ भेन्टिलेटरमा राखिएको थियो ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले उनको बिहान ७ बजे मृत्यु भएको बताए । ती व्यक्ति गुल्मीको मदाने गाउँपालिका –६ का ४१ वर्षका शिक्षक हुन् ।

उनलाई स्वास्थ्य समस्या भएपछि अर्घाखाँचीको एक मेडिकलमा जाँच गरेर जेठ १ गते क्रिमसन अस्पताल भर्ना गरिएको थियो । २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung