प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीसहितको टोलीले हिजो राति अविरल वर्षासँगै गएको पहिरोले बागलुङ नगरपालिका–५ मालिकामा क्षति पुगेका स्थानको अवलोकन गरेको छ ।
पहिरोले देउराली डाँडामा भागीरथ उपाध्यायको घरगोठ, हेमराज उपाध्यायको घर, नारायण रेग्मीको गोठ, मालिका टोलकी टकमाया किसानको घर, अढाईथरका बाबुराम सापकोटा, हर्कबहादुर क्षेत्री, भीम सापकोटाको गोठमा क्षति पुगेको छ । त्यस्तै पन्चासे टोलका गुमा रेग्मीको गोठ, कृष्णलाल सापकोटाको राइस मिल पहिरोले क्षतिग्रस्त भएका छन् ।
१५,२० वटा घर पहिरोको उच्च जोखिममा छन् । व्यवसायी मातृका आचार्यका १ हजार कुखुरासहितको फर्म पुरिएको छ । अवलोकनका क्रममा प्रजिअ न्यौपानेले पहिरोले भएको क्षतिप्रति दुःख व्यक्त गर्दै थप जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरे ।



















































































































































































































