२३ बैशाख २०८१, आईतवार

 

नेकपा अध्यक्ष दाहालसहित परिवारको कोरोना रिपोर्ट नेगेटिभ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहित उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणले उनीहरू कोरोनामुक्त रहेको देखाएको हो ।

दाहालको परिवारसहित ५३ जनाको स्वाब परीक्षण गरिएकोमा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । सुरक्षाकर्मीबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको निजी सचिवसमेत रहेकी दाहालकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्षलगायत हामी सम्पूर्ण परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा बाहिरी घेरामा रहनु हुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । ६ जनाबाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्